बिद्युत सर्ट भएका कारण लागेको आगोले स्थानीय बलबहादुर तामाङ, सेतीमायाँ तामाङ, रत्नकुमार तामाङ, अविराज तामाङ, लालबहादुर तामाङ, लक्ष्मण तामाङ, मणिराज तामाङ, झिल्के तामाङ र चुच्चे तामाङको घर जलेर नष्ट भएको छ । तामाङबस्तीमा लागेको आगोले ९ परिवारको करिब ४५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ ।
यस्तै, जिल्ला दैबीप्रकोप उद्धार समितिको आग्रहमा खोटाङ उद्योग बाणिज्य संघले अग्नी पिडित परिवारलाई खाद्यान्न उपलव्ध गराउने भएको छ । दैबीप्रकोप उद्धार समितिको सोमबार बसेको बैठकले आगलागी पिडितलाई खाद्यान्न जुटाउन आग्रह गरेको थियो । समितिको आग्रहमा अग्नी पिडितलाई आवश्यक खाद्यान्न, जिन्सी सामान जुटाउन अभियान सुरु गरिएको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘आगलागी पिडितलाई खाद्यान्न बाहेक जिन्सी सामान समेत दिने तयारी भइरहेको छ,’ अध्यक्ष लयालुले भने, ‘तत्काल संघको बैठक बोलाएर अभियान सुरु गर्ने छौँ ।’
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीका अनुशार आगलागीमा रत्नकुमारको ८ लाख, बलबहादुरको ८ लाख, लक्ष्मणको ५ लाख, मणिराजको ५ लाख, सेतीमायाँको ४ लाख बरावरको क्षति भएको छ । यस्तै, अविराजको घर जल्दा ४ लाख, झिल्केको ४ लाख, चुचे तामाङको ४ लाख र लालबहादुरको ३ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।