खोटाङ, फागुन १५ । बन्दुक पड्किँदा खोटाङमा एक बालकको ज्यान गएको छ । एक घाईते भएका छन् । नुनथला–६ का गंगा राईको भान्छा कोठामा राखिएको भरुवा बन्दुक भुईँमा खसेर पड्किँदा सोही ठाउँका तेजबहादुर राईको ३ वर्षीय छोरा कौसल राईको ज्यान गएको हो । देब्रे पातामा गोली लागेका कौसलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बालकद्धय खेल्ने क्रममा खसेर पड्किएको बन्दुकको गोलीले उनीहरुलाई लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक काशीनाथ रेग्मीले जानकारी दिनुभयो । आँखामाथि गोलीको छर्रा लागेको गंगाको ७ वर्षीय छोरा रबिन राईको अवस्था खतरामुक्त छ । प्रहरीचौकी नुनथलाका असई गणेश राईको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।