खोटाङ, १७ फागुन । टेवा पर्खालले किच्दा खोटाङमा एक नाबालकको ज्यान गएको छ । घर निर्माणकालागि सडकको छेउमा उठाइएको टेवा पर्खालले किच्दा पश्चिमी गाबिस दुर्छिम–१ का ३२ वर्षीय गणेश राई र २४ वर्षीय भावना राईको एक महिना १० दिनको छोरा पुमाहाङको ज्यान गएको हो ।

सडकको डिलमुनिबाट उठाइएको अग्लो सुक्खा पर्खालले राई परिवारलाई आईतबार राती सुतेकै ठाउँमा किचेको स्थानीय बालकुमार राईले बताउनुभयो । पुरिएका राई दम्पत्तीलाई छिमेकीले ढुंगामाटो पन्छाएर निकालेपनि बालकको तत्कालै ज्यान गएको थियो । पुरिएका ठाउँबाट उद्धार गरिएका गणेश र भावनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारकालागि ओखलढुंगाको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक काशीनाथ रेग्मीले बताउनुभयो । धरान बस्दैआएका उनीहरु आफन्त सुवास राईसँग सडकको डिलमा संयुक्त घर निर्माणका लागि केही समयअघि मात्र गाउँ आएका थिए ।