खोटाङ, १८ फागुन । दिक्तेलमा सञ्चालित अग्रगामी अध्ययन केन्द्रका लागि प्रवासीबाट आर्थिक सहयोग प्राप्त भएको छ । मलेसियास्थित आप्रवासी नेपालीहरको संस्था संघीय नेपाली समाजको संयोजनमा तीस हजार रुपैयाँ रकम प्राप्त भएको हो ।
युवाहरुलाई अध्ययनशील तथा उद्यमशील बनाउँदै पठन संस्कृतिको विकासका लागि भनेर दिक्तेल–२ मा गत वर्ष स्थापना गरिएको अध्ययन केन्द्रका लागि बेलायत, साउदीलगायतका नेपालीहरुबाट समेत सहयोग पठाउने वचन प्राप्त भएको केन्द्रका अध्यक्ष रविन खम्बुले जानकारी दिनुभयो ।
सभ्य र शिक्षित समाजको परिकल्पनासहित स्थापना गरिएको केन्द्रका लागि यसअघि, लेखक तथा साहित्यकार राजन मुकारुङको तर्फबाट एकल कविता वाचन लगायतको रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।
विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट पुस्तकलगायतका आवश्यकीय सामाग्रीहरु प्राप्त गरिएको जनाइएको छ । केन्द्राको विकासका लागि सकेको सहयोग गर्न केन्द्रले आव्हान गरेको छ ।
केन्द्रमा रानीतिक, साहित्यीक, कथा, कविता, गजल लगायत पुस्तक अध्ययनका लागि राखिएको छ ।