खोटाङ, २६ फागुन । नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले नयाँ संबिधान कार्यन्वयनकाक्रममा सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
खोटाङ सदरमुकाम दिक्तेलमा बुधबार एमाले दिक्तेल नगर कमिटिको प्रथम अधिबेसन उद्घाटन गर्दै प्रमुख अतिथिकारुपमा सचिव आचार्यले नयाँ संबिधान कार्यान्वयनकाबेला षडयन्त्रकारी शक्ती सक्रिया बनेको उल्लेख गर्दै सबै दल एमाले नेतृत्वको बर्तमान सरकारमा सामेल हुनुपर्नेमा जोड दिएका छन् । बिदेसी चलखेललाई परास्त गर्न सहज हुने भएका कारण पनि सबै दल एक ठाउँमा उभिनुपर्ने आचार्यको भनाई थियो । आचार्यले संबिधान कार्यन्वयन तहसम्म संयुक्तरुपमा जुटेर बिदेसी षडयन्त्रसँग नजुधे राजनैतिक ईतिहासमा ठूलो भूल ठहरिने तर्फ सचेत गराउनुभयो ।
यस्तै, नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको नयाँ नेतृत्व सामु बिगतमा भएका कमजोरी सच्याउने अवशर आएको बताएका छन् । दिक्तेलमा आयोजित कार्यक्रममा बिशेष अतिथिकारुपमा एमाले सचिव भट्टराईले बिगतमा एमाले सरकार निर्माणकाक्रममा कांग्रेसबाट भएको कमजोरी सच्च्याउने अवशर वर्तमान कांग्रेसको नयाँ नेतृत्व सामु आएको बताएका हुन् । एमाले दिक्तेल नगर कमिटिको प्रथम अधिबेसन उद्घाटनकाक्रममा खोटाङ आएका भट्टराईले कांग्रेस राष्ट्रिय सहमतीको सरकारमा सामेल भए बिगतमा उसले गरेका कमजोरी सच्चिने बताएका छन् । उनले एमालेको नेतृत्वमै राष्ट्रिय सहमतीको सरकार बनाउन र निर्वाचनका प्रकृया अघि बढाउन कांग्रेसलाई आव्हान गर्नुभयो ।
आगामी चैत्र ७ गतेबाट हुने प्रधानमन्त्रीको चिन भ्रमणकाक्रममा पारबहन, व्यापार, उत्तरी नाका खुल्ला लगायतका बिषयमा सम्झौता हुने भट्टराईले बताउनुभयो ।