एमाले पार्टी कार्यालय छेउमा रहेको ईन्जिनियरिङ कन्सल्टेन्सीको शाखा कार्यालय ९९ वर्षीय बैजनाथ आचार्य र स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बुधबार संयुक्तरुपमा उदघाटन गरेका हुन् । काठ्माण्डौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको कन्सल्टेन्सीले बास्तु शास्त्र अनुशारको घर निर्माणकालागि समेत नक्सा तयार पार्ने जनाएको छ । शाखाबाट सर्भे, ईस्टिमेट, भेलुयसन, सुपरभिजन, ईन्जिनियरिङ परामर्श लगायतका सेवा प्रदान गरिने कन्सल्टेन्सीका प्रोपाईटर धर्मराज पोखरेलले बताउनुभयो ।
२० वर्षदेखि काम गर्दै आएको कन्सल्टेन्सीको यो तेश्रो शाखा हो । दिक्तेल नगरपालिका घोषणा भएसँगै सोही मापदण्ड अनुशारको घरको नक्सा निर्माणकालागि शाखा सुरु गरिएको जनाइएको छ । ‘मापदण्ड अनुशारको घरको नक्सा बनाउनकालागि जिल्लामै यो सेवा सुरु गरिएको हो,’ पोखरेलले भने, ‘काठ्माण्डौंमा ४०÷५० हजारमा बन्ने नक्सा जिल्लामा पाँच हजारमै बनाइदिन्छौँ ।’