खोटाङ, फागुन २७ । जिल्ला विकास समिति खोटाङले करिब अढाई अर्बको बजेट बिनियोजन गरेको छ ।  बिहिबार सम्पन्न २३ औं जिल्ला परिषदमा २ अर्ब ४९ करोड २८ लाख २२ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । 

स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले आगामी आर्थिक वर्षकालागि चालुतर्फ १ अर्ब ५१ करोड ६१ लाख ७० हजार तथा पुँजीगततर्फ ९७ करोड ६६ लाख ५२ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।

बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीकरण, विविधीकरण र बजारीकरण, पर्यटन पूर्वाधारको विकास, जलस्रोत, खानी, वनजन्य क्षेत्रको उत्पादनमा वृद्धि, घरेलु तथा लघुउद्यमको विकास बालमैत्री शासनको प्रबद्र्धन लगायत क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक विकास क्षेत्रतर्फ ९ करोड ६४ लाख ५० हजार, सामाजिक बिकास क्षेत्रतर्फ १ अर्व ३१ करोड ९८ लाख ९५ हजार, भौतिक बिकास क्षेत्रतर्फ १ अर्ब ६९ लाख ४४ हजार र बन वाताबरण तथा बिपद व्यवस्थापन क्षेत्रतर्फ ६ करोड ९५ लाख ३३ हजार बजेट प्रस्ताव गरिएको छ । परिषद संघीय मामिला तथा स्थानीय बिकास सहायक मन्त्री बिराजबहादुर बिष्टले उदघाटन गर्नुभएको थियो ।