
खोटाङ, २८ फागुन । खोटाङको बुइपाका स्थानीय महिलाले दुई तले सामुदायीक भवन निर्माण गरेका छन् । महिला जागरण सरोकार मञ्चमा आवद्ध महिलाले गाबिसको ३ लाख ६४ हजार र स्थानीय बिकास मन्त्रालयबाट प्राप्त ६ लाखको खर्चमा सामुदायीक भवन निर्माण गरेका हुन् ।
कुल ९ लाख ६४ हजारमा निर्माण गरिएको बाथरुम र शौचालय सहितको भवन पुर्वसभाषद दुर्गाजयन्ती राईले उदघाटन गर्नुभएको छ । सुरुमा गाबिसको बजेटबाट निर्माण थालिएको भवनलाई आर्थिक अभाव भएपछि पुर्वसभाषद राईकै पहलमा स्थानीय बिकास मन्त्रालयबाट बजेट ल्याईएको सामुदायीक स्वयंसेबक गौरी राईले जानकारी दिनुभयो । भवन निर्माणकाक्रममा स्थानीयले २० प्रतिशत श्रमदान गरेका छन् ।