हाल सिभिल अस्पताल काठ्माण्डौँमा उपचार गराइरहेका तामाङ परिवार कविताको उपचारकैक्रममा ऋणमा डुबेका छन् । निम्नआर्थिक स्तरका तामाङ परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गराइरहेको श्रीमान अशोक तामाङले बताउनुभयो ।
काखमा चार महिनाको छोरो च्यापेर १८ वर्षीया तामाङले गत जेठदेखि ब्लड क्यान्सरको उपचार गराइरहनु भएको छ । कबिता क्यान्सरले जीवनमरणको अवस्थामा थलिएपछि दुधे बच्चाको लालनपालनमा समेत समस्या भइरहेको छ । हाल ललितपुरको भैँसेपाटीमा बसिरहेकी तामाङलाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको थियो ।
उहाँले आफ्नो र बच्चाको जीवन रक्षाकालागि सहयोग गर्न आग्रह गर्नुभएको छ । ‘म बाँचे भने काखको बच्चा पनि बँच्न सक्छ,’ कबिताले भन्नुभयो, ‘मलाई बचाउनुस्, मेरो बच्चालाई बचाउनुस् ।’ रोजगारीका सिलसिलामा साउदीअरबबाट छुट्टीमा आएका अशोक श्रीमतीको उपचारकाक्रममा साउदी जानबाट बञ्चित बनेका छन् ।
सहयोग गर्न इच्छुक व्यक्तीले मोबाईल नम्बर ९८६२७४२७६४ मा सम्पर्क गरेर ब्लड क्यान्सर पिडित कबितालाई सहयोग गर्न सक्नेछन् ।