भर्खरै स्थापना भएको प्रतिष्ठानले पुरस्कार विजेता छनौटका लागि वरिष्ट साहित्यकार जसराज किरातीको संयोजकत्वमा छनौट समिति समेत गठन गरेको छ । किरातीको संयोजकत्वमा गठन गरिएको छनौट समितिमा साहित्यकार वेदीकुमार राई र यादेवि ढकाल रहनुभएको छ ।
प्रतिष्ठानले यस वर्ष प्रदान गरिने पुरस्कारको राशी एघार हजार १११ रहेको पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ । पुरस्कारका लागि लेखकले आफ्नो कृतिसहितको आवेदन चैत्र मसान्तभित्र दिइसक्नुपर्ने प्रतिष्ठानका अध्यक्ष भोगेन्द्र राई (एक्ले)ले जानकारी दिनुभयो ।
हरेक वर्ष विभिन्न विद्यामा पुरस्कृत गर्दै जाने उद्देश्यले अक्षयकोष समेत खडा गरिएको प्रतिष्ठानले जनाएको छ । आगामी वर्षहरुमा भाषा, कला, साहित्य, गीत लगायतमा प्रकाशित कृतिका लेखकमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।
वर्ष दिनअघि भोगेन्द्र राईको संयोजकत्वमा स्थापना भएको प्रतिष्ठानको तदर्थ समितिलाई भर्खरै सम्पन्न भेलाले पूर्णता दिएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । प्रतिष्ठानको तत्कालीन संयोजक भोगेन्द्र राईको अध्यक्षतामा तेह्र सदस्यीय समिति गठन गरिएको सदरमुकाम दिक्तेलस्थित तायामा खियामा होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
समितिको उपाध्यक्षमा रेखा राई (क्षितिज), सचिवमा जीवन किराती, सहसचिवमा सविता भुजेल र कोषाध्यक्षमा प्रेमिला राई रहनुभएको छ । समितिको सदस्यामा वेदीकुमार राई, डाक्टर धनप्रसाद सुवेदी, युग्शन किरात, सीता थुलुङ, सञ्जीता राई, प्रकाश रोदुङ, विमल चाम्लिङ र सुमन राई (नाकिमा) रहनुभएको छ ।