खोटाङ, १४ चैत । निजामती कर्मचारीको छाता संगठन ट्रेड युनियनको अधिबेसन नजिकिदैगर्दा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङले आफ्नोपक्षमा प्रचार प्रसार सुरु गरेको छ ।

शुक्रबार अध्यक्ष गणेश कार्कीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार तथा परिचालन कमिटि गठन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले मत आफ्नोपक्षमा पार्न आईतबारदेखि प्रचार प्रसार सुरु गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दिक्तेलको त्रिबेणीचौकमा सम्पर्क कार्यालय स्थापना गरी प्रचार प्रसार सुरु गरेको जनाएको छ ।

कर्मचारीको छाता संगठन ट्रेड युनियनको अधिबेसन आगामी चैत्र २८ गते हुँदैछ । अन्य कांग्रेस, एमाले लगायत निकट कर्मचारी संगठनले समेत अधिबेसन लक्षीत प्रचारका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।