मंगलबार पत्रकार सम्मेलन गरेर माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले छात्रबृत्ति र विपद व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिनुभयो । सदरमुकामभन्दा टाढा टाढाका सामुदायीक र निजी विद्यालयमा कक्षा १ देखि ८ कक्षामा अध्ययन गरिरहेका तिक्ष्ण र मेहनती छात्र÷छात्रालाई लक्ष्यीत गर्दै छात्रबृत्ति खडा गरिएको हो । विद्यालयले यस आर्थिक वर्षदेखि लागू हुनेगरी ७२ छात्रछात्रालाई छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको छ । ‘राम्रो पढ्ने विद्यार्थीलाई पढाउने र उनीहरुको भविष्य सुनिश्चितताकालागि छात्रबृत्ति खडा गरिएको हो,’ प्रिन्सिपल जोशीले भन्नुभयो, ‘आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीले बीचैमा पढाई नछाडुन्, यो अवशरबाट कोही नछुटुन् ।’ व्यवस्थापन संकायतर्फ प्लसटुसम्मको कक्षा सञ्चालनको अवशर पारेर विद्यालयले छात्रबृत्ति र विपद व्यवस्थापन कोष खडा गरेको हो ।
जिल्लाका जुनसुकै सामुदायीक तथा निजी विद्यालयमा कक्षा १ देखि ८ अध्ययन गरिरहेका छात्रछात्राले छात्रबृत्तिकालागि आवेदन दिनसक्ने विद्यालयले जनाएको छ । छनौटमा परेका छात्रछात्राले कक्षा १० सम्म पूर्ण र आंशिक छात्रबृत्ति प्राप्त गर्ने छन् । कक्षा ८ र सो मुनिका हरेक कक्षामा तीन÷तीन जना गरी २४ जनाले पूर्ण निशुल्क तथा अन्य २४ जनाले ५० प्रतिशत छुटमा अध्ययनको अवशर पाउने प्रिन्सिपल जोशीले जानकारी दिनुभयो । माउण्ट एभरेष्टमै अध्ययन गरिरहेका २४ जनाले पनि सोही प्रकृतिको छात्रबृत्तिको अवशर पाउने जानकारी दिइएको छ । परिक्षाको माध्यमबाट उत्कृष्ट र सम्भावना बोकेका विद्यार्थी छानिने जोशीले बताउनुभयो ।
हाल करिब दुई सय छात्रछात्रालाई पूर्ण र आंशिक छात्रबृत्ति प्रदान गरिसकेको विद्यालयमा छात्रबृत्ति पाउने बिद्यार्थीको संख्या पाँच सय पु¥याउने लक्ष्य राखिएको जनाइएको छ । छात्रबृत्तिकालागि चैत्र मसान्तभित्रमा आवेदन दिने व्यवस्था मिलाइएको छ । ‘आजका बालबालिका भोलीका कर्णाधार हुन्,’ प्रिन्सिपल जोशीले भन्नुभयो, ‘उनीहरुको व्यक्तित्व बिकासकालागि गुणस्तरिय शिक्षा दिलाउन हामी प्रतिबद्ध छौँ ।’
यस्तै, दैबी विपत्तीमा परेका विद्यार्थी तथा शिक्षकलाई लक्षीत गरेर माउण्ट एभेरष्टले विपत्ती व्यवस्थापन कोष खडा गरेको छ । विपत्तीमा परेका छात्रछात्रा र शिक्षकको सहयोगकालागि विपद कोष स्थापना गरिएको व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।