
खोटाङ, २१ चैत्र । साउदीअरबमा कार्यरत नेपालीले घर जलेपछि बिचल्नीमा परेका खोटाङको दिक्तेल नगरपालिका–५ का पर्शुराम बिश्वकर्मालाई आर्थिक सहयोग गरेको छ ।
गत चैत्र ९ गते भएको आगलागीबाट घर जलेपछि बिस्थापित भएका बिश्वकर्मा परिवारलाई साउदीअरबमा कार्यरत नेपालीले २५ हजार ४२७ रुपैयाँ सहयोग गरेका हुन् । सहज जीवनयापनकालागि खोटाङ घर भइ हाल साउदीमा कार्यरत जयबहादुर बिश्वकर्माको पहलमा संलकन भएको रकम अग्नी पिडित परिवारलाई प्राप्त भएको हो ।
आगलागीमा दुई तले घर जल्दा बिश्वकर्माको ३ लाख ६० हजार बराबरको भौतिक तथा आर्थिक क्षती भएको स्थानीय गंगाबहादुर बिश्वकर्माले जानकारी दिनुभयो । सुतेको समयमा भएको आगलागीलाई शंकास्पद मानिएको छ ।