आगामी बजेटमा जिल्लाको बिकास निर्माणलाई समाबेस गराउन माग गर्दै सांसद सरस्वती बजीमय, बिशाल भट्टराई, पाँचकर्ण राई, एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, बैकल्पिक केन्द्रीय सदस्य राजन राई, पुर्वराज्यमन्त्री शिवकुमार बस्नेत, पुर्वसभाषद उषाकला राई, खोटाङ सेवा समाज काठ्माण्डौंका अध्यक्ष राकेश राई लगायतको टोली आईतबार अर्थमन्त्रालय पुगेका थिए ।
टोलीले सगरमाथा राजमार्ग अन्तरगत गाईघाट–दिक्तेल सडकलाई पिच गर्न बहुवर्षिय योजनामा समावेस गरी आवश्यक बजेटको व्यवस्था गर्न, नेपाल विद्युत प्राधिकरणले बिस्तृत परियोजना प्रतिबेदन तयार गरिरहेको दुधकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनाकोरुपमा समाबेस गरी द्रुत गतिमा निर्माण अघि बढाउन, बंशिलाघाट–चिसापानी–खोटाङबजार सडक, दिक्तेल–खार्मी–बाँसपानी–बाक्सिला–सुंदेल–ऐसेलुखर्क सडक, रसुवाघाट–सिमपानी–पानधारे सडक तथा बिजुले–खार्पा–दुबेकोल–ऐसेलुखर्क सडक स्तरोन्नतीका कामलाई आगामी आर्थिक वर्षको आयोजनामा समेटेर बजेटको व्यवस्था गर्न माग गरेका छन् ।
हालसम्म कच्ची अवस्थामा रहेको सदरमुकाम दिक्तेलबजारलाई पक्की गरी व्यवस्थित गर्न र दिक्तेलमै एक हजार ५ सय सिट क्षमताको सभागृह निर्माणकालागि समेत बजेट व्यवस्था गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद पाँचकर्ण राईले बताउनुभयो ।