
नयाँ वर्षको अबशरमा साहानिया क्षेत्रको अलदोसारी पार्कमा शुभकामना आदान प्रदानकासाथमा बनभोज गरिएको समाजका महासचिव रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । बनभोजमा एम्बूलेन्सकालागि सहयोग रकम दिने शुभेच्छुक दाताबीचमा तछाडमछाड चलेको थियो ।

समाजका अनुशार कतारमा करिब चार लाख नेपाली कामदारमध्ये १५ हजार कामदार खोटाङ्गका छन् । बनभोजमा निम्त्याइएका कतिपय अतिथि तथा सहभागीले एम्बूलेन्सकालागि रकम दिने मौखिक प्रतिबद्धता जनाएका छन् भने कतिपयले कार्यक्रमकैबीचमा रकम हस्तान्तरण गरेका महासचिव शर्माको भनाई छ । अशल र पवित्र कामको थालनी भएको भन्दै कार्यक्रममा सहभागी शुभेच्छुकले एम्बूलेन्स खरिदका कामलाई सफल बनाउने प्रतिबद्धता जनाएका छन् । बनभोजमा एम्बूलेन्सकालागि जुटेको रकम केही समयपछि सार्वजनिक गरिने समाजले जनाएको छ । खोटाङ सेवा समाज युकेले जिल्लाकालागि तीन वटा एम्बुलेन्स जुटाउने तयारी गरिरहेकाबेला कतारमा खोटाङ सेवा समाजले पनि एम्बूलेन्स जुटाउने अभियान थालेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत खोटाङ्गेको पहलमा १८ बर्षअघि स्थापना गरिएको समाजले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ ।
बनभोज कार्यक्रममा केही समयअघि राई तमु साँस्कृतिक बिभागले गरेको ‘गैर–आवासिय नेपाली तारा २०१५’मा एकल गायनतर्फ तृतीय स्थान हाँसिल गर्न सफल योगेस खड्का र उत्कृट दशमा पर्न सफल युगेस राईलाई समाजले सम्मान गरेको छ ।
कार्यक्रममा गायक हुत्तराज राई, युगेस खड्का, योगेस राई र रबिन राईले आफ्नो स्वरमार्फत दर्शकलाई नचाउनु भएको थियो भने, तिर्थसंगम राईले कबिता, गजलकार लेख कार्की, गीतकार उमेश कालीकोटे र प्रेमप्रसाद भट्टराईले गजल सुनाएर सहभागीलाई भाबुक बनाउनु भएको थियो । कार्यक्रम एनआरएन गल्फ उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्य एबं समाजका संरक्षक राम गुरुङ, प्रमुख सल्लाहकार प्रेमप्रसाद भट्टराई, एनआरएन आईसिसि सदस्य बिनोद भट्टराई, एनसिसि कतारका अध्यक्ष बिनेश तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।