रामधन राई/खोटाङ, २५ चैत ।  खोटाङका श्रष्टाहरुको संयुक्त गजल संग्रह बजारमा आएका छन् । देशबिदेशमा रहेका जिल्लाका ५७ जना गजलकारहरुका गजलहरु समेटिएको संयुक्त गजल संग्रह ‘खोटाङका गजलहरु’ बजारमा आएका हुन् ।

बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका श्रष्टाहरु मणि पौडेल (भिखारी), प्रेमप्रसाद भट्टराई र लेख कार्की(अन्यौल)द्वारा प्रकाशित गजल संग्रहमा प्रत्येक श्रष्टाका ४ वटा गजलका दरले जम्मा दुई सय चौबीस गजल समेटिएका छन् । संग्रहमा डाक्टर धनप्रसाद सुबेदी, टंक भट्टराई,जगत नबोदित लगायतका स्थापित तथा अन्य युवा गजलकारहरुका गजलहरुलाई स्थान दिईएको छ ।  जिल्लाका गजलकारहरुलाई एउटै मालामा गाँस्दै सिकारु गजलकार मनहरुलाई समेत हौसला प्रदान गरी साहित्यिक माहोलको बिकास गर्ने उदेश्यले संग्रह प्रकाशन गरिएको प्रकाशकीयमा उल्लेख छ ।

जापान, अमेरिकालगायत बिभिन्न देशहरुमा  रहेका खोटाङगे गजलकारहरको गजलहरुलाई बर्णानुक्रमअनुसार श्रष्टाका पृष्ठ ब्यवस्थापन गरी प्रकाशन गरिएको संग्रहका लागि अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, दोहा कतारले बिशेष सहयोग गरेको उल्लेख छ । गजल संकलनका लागि क्षेत्र तथा देशअनुरुप राई रमेश (गाउँले), जगत अधिकारी (अनमोल), टंक भट्टराई, दीपेन्द्र अश्रुमालीलगायत  पन्ध्र जना श्रष्टाले संयोजन गरेका थिए । संयोजनमा डिल्ली ढुंगाना, रबिन्द्र दिखुक्पा, भोलाबिक्रम राई, तेजप्रकाश राई, आनन्द भट्टराई, कल्पना राई(नाना रोदुङ), रबिन प्रधान(प्रतिक), उमेश राई, चनद्र खड्का(श्रमिक), प्रेम कटुवाल(जिजिबिषा) र धनकुमार राई जुट्नुभएको थियो । एक हजार एक प्रति छापिएको संग्रहलाई नेपाली रुपैंयाँ १ सय ५०, कतारी रियल १० र युके डलर ४ मुल्य तोकिएको संयोजक राई रमेश गाउँलेले जानकारी दिनुभयो ।