
बैसाख ७ गतेदेखि हप्ता दिनसम्म सञ्चालन हुने गोल्डकपको उदघाटन खेल बुईपा एलाभेन स्पोर्टस् क्लव र खार्मी गाबिसबीच हुने बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले जानकारी दिए । स्थानीय बाक्सिलास्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगीतामा जिल्ला र जिल्लाबाहिरका सहित १७ टिमले प्रतिष्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आयोजकका अनुशार प्रतियोगीतामा जिल्लाबाहेक मिलन युवा क्लव काठ्माण्डौंको सहभागीता रहने छ । बाक्सिला फुटबल क्लबले नयाँ वर्षको अवशर पारेर ‘बाक्सिला गोल्डकप’को नवौं संस्करण सञ्चालन गर्ने तयारी गरेको हो । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो । प्रतियोगीता सञ्चालनको मिति नजिकिदै जाँदा खेलमैदान सरसफाई, मञ्च व्यवस्थापन, खेलाडी र प्रशिक्षककालागि होटल व्यवस्थापन, आर्थिक संकलन, प्रचार–प्रसार लगायतका काम तिब्र गतिमा भइरहेको अध्यक्ष समीर राईले बताए । चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको गाँस काटेर प्राप्त हुने सहयोगमा प्रतियोगीता गर्न लागेको जनाएको छ । रनिङ कपलाई हरेक वर्ष सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि दिक्तेल गाबिसले लगातार तीन पटकसम्म कप पच गरेका कारण २०६९ साल यता प्रतियोगीता सञ्चालन हुन सकेको थिएन ।
जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि सहयोग मागेर ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए । ‘खेलकुदलाई हेय नजरले हेर्ने गरिन्छ, न राज्यको सहयोग छ न त अरुकै,’ अध्यक्ष राईले भने, ‘फुटबल खेलाडीको प्रोत्साहन र अवशर सिर्जना गरेर यसको व्यवसायीक बिकासकालागि दुःखकासाथ प्रतियोगीतालाई निरन्तरता दिन लागिएको हो ।’ लगातार प्रतियोगीता सञ्चालन गर्ने पहिचान बनाएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल प्रतियोगीताका बिजेता टिमलाई नगद पुरस्कार प्रदान गर्ने प्रचलन सुरुवात गरेको हो । ८ औं संस्करणका बिजेता र उपबिक्रजेतालाई क्लवले क्रमशः २० हजार र १५ हजार प्रदान गरेको थियो । यसपल्टको खेलमा नगद पुरस्कारको राशी बृद्धि गरिने अध्यक्ष राईले बताए ।