खोटाङ, १० बैसाख । खोटाङकै प्रतिष्ठित फुटबल प्रतियोगीता ‘बाक्सिला गोल्डकप’मा चार समुह सेमीफाईनल प्रबेश गरेका छन् । बाक्सिला फुटबल क्लवको आयोजजामा स्थानीय पृथ्बी उच्च माबि बाक्सिला खेलमैदानमा भइरहेको क्वाटरफाईनल खेलमा बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपा, जालपा र खोटाङबजार गाबिस सेमीफाईनल प्रबेश गरेका हुन् ।

शुक्रबार भएको खेलमा बासपानीलाई शुन्यका बिरुद्ध १ गोल गर्दै बुईपा इलाभेन स्पोर्टस् क्लव बुईपाले सेमीफाईनल यात्रा तय गरेको हो । यस्तै, ट्राईब्रेकरमा पुग्दापनि गोल नभएपछि टस जित्दै खोटाङबजारले बाक्सिला गाबिस ‘ए’लाई पछि पारेको हो । सप्तेश्वर गाबिस बिरुद्ध शुन्य १ गोल गर्दै जालपाले आफ्नो सेमीफाइनलको यात्रा सुरक्षित गरेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले बताउनुभयो । यसअघि सोल्मा स्पोर्टस क्लव दिक्तेललाई पछि पार्दै शान्तिनगर फुटबल क्लव इटहरी सेमीफाईनल प्रबेश गरिसकेका छन् । 

जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टिमले प्रतिष्पर्धा गरिरहेको प्रतियोगीताका बिजेता टिमले एक लाख ५० हजार मूल्यको कप, नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपबिजेता सहित सेमीफाईनलिस्ट टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि आयोजना हुँदैआएको ‘बाक्सिला गोल्डकप’ हप्ता दिनसम्म सञ्चालन हुने छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो ।