खोटाङ, १६ बैसाख । खोटाङका पत्रकारलाई ‘बैदेसिक रोजगार’ रिपोर्टिङका बिषयमा तालिम दिइएको छ । बैदेशिक रोजगार सम्वन्धी समाचार रिपोर्टिङ तथा सम्प्रेषणमा दक्ष बनाउने उद्धेश्यले जिल्लाका पत्रकारलाई ‘बैदेसिक रोजगार’का बिषयमा तालिम दिइएको हो ।

दुई दिने पत्रकारिता तालिममा स्थानीय र केन्द्रीय छापा तथा बिद्युतीय सञ्चार माध्याममा आवद्ध २० पत्रकारहरुको सहभागीता रहेको थियो । पत्रकारिताको माध्यायमबाट बैदेशीक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

पत्रकारलाई बैदेसिक रोजगारीका समस्यालाई ‘बिट’कैरुपमा प्राथमिकता दिन उत्साहित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजक सुरक्षित आप्रबासन परियोजनाका जिल्ला संयोजक भक्त राईले बताउनुभयो ।

जनसेवा बाल सेवा र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको साझेदारीमा परियोजना अन्तरगत आयोजित तालिममा पत्रकार सुनिल न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।