तस्बिरः अनिल किरातीको फेसबुकबाट |
दिक्तेलस्थित आफ्नै भवनमा किरात राई यायोख्खा खोटाङले शुक्रबार आयोजना गरेको साकेला उभौलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे सांसद राईले किराती सभ्यता र संस्कृतिको प्रवर्दन तथा संरक्षणमा आफू सदैव लागि परिरहेको बताउनुभयो । सांसद राईले सम्पूर्ण किराती तथा गैर किराती व्यक्ति र समुदायलाई साकेलाको शुभकामना दिदैं सबै वर्ग र समुदायलाई एक भएर काम गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा यायोख्खा तथा किरात सेवा समाजमा आबद्घ ब्यक्तिहरु, यायोख्खाका भातृ संस्थाहरु किरात राई कर्मचारी मञ्च, किरात राई पत्रकार संघ, किरात राई साास्कृतिक कलाकार संघ, किरात राई खेलकुद संघ, किरात राई बिद्यार्थी संघ, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति, आदिबासी जनजाति बिद्यार्थी संघ लगायतमा आबद्घ ब्यक्तिहरुको उपस्थिती रहेको किरात राई कर्मचारी मञ्चका जिल्ला अध्यक्ष अनिल किरातीले जानकारी दिनुभयो । अध्यक्ष किरातीका अनुसार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सामाजिक संस्था र किरात राई समुदायका बौद्घिक तथा समाजसेवी ब्यक्तिहरुको समेत उपस्थिती थियो ।
उभौलीको अवसरमा शनिबार सदरमुकाम दिक्तेलस्थित यायोख्खाको भवन प्राङगणमा बिधिवत रुपले साकेला शिलीको शुरु गरि ऐतिहासिक मझुवागढीमा गई धुमधाम नाच्ने यायोख्खाले जनाएको छ । शनिबारदेखि शुरु हुने उभौली चाड प्रकृतिपुजक किरातीहरुले भुमि तथा अन्नबालीको पुजा गर्दै एक महिना दिनसम्म मनाउँने गर्दछन् । यसबीचमा नातागोता, ईष्टमित्र, बाउ–माईती, छोरीचेली भेटघाट गर्दै ढोल र झ्याम्टाको तालमा गोलो घेरा भई नाच्ने चलन छ । बर्षको २ पटक उद्यौली र उभौलीमा प्रकृतिमा पाईने बिभिन्न चराचुरुङगी तथा जीब जन्तुको समेत नक्कल गर्दै साकेला शिली नाच्ने गरिएको छ । चराचुरुङगी लेकबाट बेंसीतिर झर्ने या जाडो याममा उधौली र बेंसीबाट लेकतिर जाने समय या गर्मी याममा उभौली पर्ब मान्ने गरिएको जनाईएको छ । अन्नबाली सप्रियोस्, रोग ब्याधी नलागोस्,आपत बिपत नपारोस्, सुब्यफाब्य होस् भन्ने प्रकृतिसँग कामना गर्दै यो पर्ब मनाईन्छ ।
जिल्लाका प्राय सबै किरात बस्तीमा यो पर्ब मनाउँदै साकेला नाच्ने गरिएको छ ।