खोटाङ, असार २१ । स–शस्त्र द्धन्द्ध कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ । 
तत्कालिन नेकपा माओबादी कार्यकर्ताको आक्रमणबाट ज्यान गुमाएका तत्कालिन कांग्रेस जिल्ला सचिव कालुमान गुरुङ, नेर्पा उपसभापति टंकनाथ आचार्य र शिक्षक दयराम ढकालको सम्झना र सम्मानमा कांग्रेसले सदरमुकाम दिक्तेलको अस्पतालचोकमा स्मृति गेट निर्माण सुरु गरेको हो ।
शहिद स्मृति गेट शिलान्यास गर्दै प्रजातन्त्र सेनानी गंगाबहादुर शैंजू ।
सोमबार बिहान दिक्तेलका ९० वर्षीय प्रजातन्त्र सेनानी गंगाबहादुर शैंजूले शिलान्यास गरे लगत्तै कालुमान–टंकनाथ–दयाराम शहिद स्मृति गेट निर्माण थालिएको हो । शहरी बिकासको १ लाख ५० हजारमा निर्माण सुरु गरिएको शहिर स्मृति गेट पार्टी तथा शुभेच्छुकको सहयोगमा पूरा गरिने कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराईले बताए । 
बाँझेच्यानडाँडा–२ का गुरुङलाई पार्टी कार्यालयको प्रांगणमा स्वबियुको निर्वाचनका बिषयमा छलफल गरिरहेको अवस्थामा २०५७ साल फागुन–१३ गते गोली हानिएको थियो । गोली लागेको केही समयपछि नै गुरुङको मृत्यु भएको थियो । नेर्पा–६ का आचार्यलाई दिक्तेलको जिल्ला अस्पताल नजिक पर्ने उजेली खोलामा २०६१ साल जेठ–२३ गते गोली हानेर हत्या गरिएको थियो । शिक्षक संघमा आवद्ध ढकालको २०५९ साल पुस–१० गते हत्या गरिएको थियो ।