खोटाङ, असार २७ । गैर–सरकारी संस्था महासंघ खोटाङले च्यास्मीटार उच्च माबिमा वालवालिकाको क्षमता विकास तथा चेतना अभिवृद्धि तालिम गरेको छ । महासंघले असार १९ गतेदेखि तीन दिन तालिम गरेको हो । 
तालिममा ५४ बालबालिकाको सहभागीता रहेको थियो । तालिम समापनको अवशरमा महासंघले बिद्यालयलाई नगद १२ हजार तथा ८ हजार वरावरको सामान्य ज्ञान र रोचक पुस्तक प्रदान गरेको छ । महासंघका अध्यक्ष बिमलकाजी श्रेष्ठ र कार्यकारी सचिव लेखराज राईले व्यवस्थापन समितिका अध्यक्ष सागर राईलाई नगद तथा पुस्तक हस्तान्तरण गरेका हुन् । 
दाल्फुमा खानेपानी योजना सञ्चालन हुने
खोटाङको च्यास्मीटार ४ दाल्फुमा खानेपानी योजना सञ्चालन हुनेभएको छ । गरिवी विवारण कोषको आर्थिक सहयोग तथा हलेसी विकास मञ्च नेपालको प्राविधिक सहयोगमा सञ्चालित गरिवी निवारणकालगि समुदाय परिचालन कार्यक्रम खानेपानी योजना सञ्चालन हुने भएको हो । गाउँमा रहेको पानीको समस्य हल हुनेभएपछि स्थानीय हर्षित भएका छन् । 
नौखा खोला मुहान हुने योजनाले गाउँका १९ घर परिवार लाभान्बित हुने हलेसी बिकास मञ्चका सुपरभाइजर बोधराज पौडेलले बताए । गरिवी विवारण कोषको ६ लाख ९३ हजार १६५ र समुदायले ३ लाख ३९ हजार ३९८ रुपैयाँ गरी १० लाख ३२ हजार ५६५ रुपैयाँको लागतमा खानेपानी योजना पूरा हुने मञ्चले जनाएको छ ।