खोटाङ, २ साउन । खोटाङमा जबरजस्ती करणी मुद्धालाई प्रहरीले दर्ता गर्न नमानेको पिडितले गुनासो गरेका छन् । टेम्मा माईती भएकी बिवाहित महिलालाई गत जेठ–२४ गते जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका–१३ का पवन राई बिरुद्ध मुद्धा दिन खोजिए पनि प्रहरीले आनाकानी गरिरहेको पिडितपक्षले गुनासो गरेका हुन् ।
 आरोपित बिरुद्ध असार–२७ गते देखि नै मुद्धा दर्ता गर्न खोजेपनि जिल्ला प्रहरी कार्यालयमा आलटाल भइरहेको जिल्लाका महिला अधिकारकर्मीहरुले बताएका छन् । जबरजस्ती करणीमा पवनका बुवा प्रकाशले समेत सघाएकाले उनी बिरुद्ध समेत जबरजस्ती बलात्कार र शरीर बन्धक मुद्धा दर्ता गर्न खोजिएकोमा प्रहरीले प्रकाशको नाम हटाएर मात्र मुद्धा दर्ता गर्न भनेको पिडितले बताएका छन् । जेठ–२४ गते साँझ महिलालाई मोबाईल समेत नियन्त्रणमा लिएर जबरजस्ती गरेको र रातारात अर्खौले पु¥याएको पिडित महिलाले बताईन् । जयरामसम्म पैदल हिँडाएर काठ्माण्डौं पु¥याइएकी पिडित महिला जेठ–२७ गते पिसाव फेर्ने निहुले भागेर काठ्माण्डौंमै रहेकी दिदिको सम्पर्कमा पुगेकी थिइन् । बुबा प्रकाशले आफ्नो काखको बच्चा खोसेर लगेपछि छोरा पवनले जबरजस्ती गरेर हिँडाएको पिडित महिलाले बताईन् । शुक्रबार मुद्धा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेका पिडित पक्षलाई प्रहरी निरिक्षक राजकुमार कार्कीले शरीर बन्धक शब्द कटाएर जरबरजस्ती करणी मुद्धा चलाउन मिल्ने बताएको एक महिला अधिकारकर्मीले बताएका छन् । ‘इन्स्पेक्टरले शरीर बन्धक भन्ने शब्द कटाएर ल्याउनुस्, आईतबार मुद्धा दर्ता हुन्छ भन्नुभएको छ,’ श्रोतले भन्यो, ‘त्यसपछि पिडितलाई स्वास्थ्य जाँचमा लगिएको छ ।’ पोखरा गएर बस्ने आश्वसन दिइरेको पवन पिडितकी दिदिले बौद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि फरार रहेको पिडित महिलाका बुबाले बताएका छन् । पिडित महिलाकी श्रीमान बिदेशमा छन् । 
जबरजस्ती गरेर आफन्तबाट सम्पर्क बिहिन बनाएर राजधानीसम्म पु¥याएकाले पवन बिरुद्ध मानव बेचबिखन, शरीर बन्धक तथा करणी मुद्धा चलाइनु पर्ने पिडितको दाबी छ । पवनलाई सघाएकाले प्रकाश बिरुद्ध पनि सोही मुद्धा चलाइनुपर्ने पिडितकी काकाले बताएका छन् ।