खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।
२०६९ सालदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन रुपमा शाखा विस्तार गरेको हो ।
शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमिट्यान्स, लघु वित्त लगायका सेवा प्रवाह हुने बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जानकारी दिए ।
दिक्तेलमा मुख्य कार्यालय रहेको बैंकले यसअघि ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरापलिकामा एक्टेक्शन शाखा विस्तार गरेको थियो । बैंकले जन्तेढुंगा गाउँपालिकामा पनि शाखा विस्तार गरेको जनाएको छ ।