खोटाङ, ४ साउन । खोटाङबाट यस आर्थिक वर्षमा ८७ प्रतिशत पुजिगत बजेट खर्च भएको छ । गत वर्ष ४८.७० प्रतिशतमात्र पुजिँगत बजेट खर्च गरेको जिविसले यस आर्थिक वर्षमा ३८.३० प्रतिशतले बढाएर ८७ प्रतिशत बजेट खर्च गरेको हो । 
गत वर्ष  २७ करोड ५४ लाख, ९० हजार ३५० रुपैयाँ रकम फ्रिज भएकोमा यस आर्थिक वर्षमा ८ करोड ८० लाख ६८ हजार ७९६ रुपैयाँमात्र रकम फ्रिज भएको जिल्ला बिकास समितिका स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए । उनका अनुसार, झोलुंगे पुल, सडक, सुनौला हजार दीन कार्यक्रम, निर्वाचन क्षेत्र बिकास कार्यक्रम, निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम लगायतका शिर्षकको ८ करोड बजेट फ्रिज भएको हो ।
सुनौलो हजार दिन कार्यक्रमकालागि माग गरेभन्दा १ करोड ७३ लाख बजेट बढी आएकोले फिर्ता पठाइएको पाण्डेको भनाई छ । उनका अनुसार, स्थानीय सडक तथा आरसिसि पुलकालागि माग गरेभन्दा ८० लाख बढि रकम बिनियोजन भएर आएकाले खर्च नगरी फिर्ता पठाइएको छ । झोलुंगे पुलकालागि असार–१५ गते ८८ लाख बजेटको अख्तियारी आएकोमा त्यो रकम खर्चै नगरी फिर्ता गराईएको छ । यस्तै, निर्वाचन क्षेत्र बिकास कार्यक्रम र निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रमको २७ लाख फ्रिज भएको छ । त्यासोत, जिबिसले यस वर्ष पेश्की रकमको मात्रा पनि घटाएको छ ।  गत वर्ष ३ करोड ३६ लाख ७१ हजार ८९३ रुपैयाँ पेश्की बाँकी रहेकोमा यस वर्ष ४ लाख ७५ हजार मात्र पेश्की फच्छ्र्यौट गर्न बाँकी राखेको छ । स्थानीय सडक सुधार कार्यक्रम (एलआरआपी)को सय प्रतिशत रकम खर्च गरेर थप ५० लाख बजेट माग गरिएको र सो रकम पनि सवै सडक सुधारमा खर्च गरिएको जिल्ला प्राविधिक कार्यालयका ईन्जीनियर प्रमुख राजु श्रेष्ठको भनाई छ । उनका अनुसार, “समयमा बजेट आएको भए जिल्ला बिकास समितिले सवै बजेट बिकास निर्माणमा प्रयोग गरेर फ्रिज हुन दिइदैन थियो, छोटो समयमा थप बजेट आएकोले र समय अभावमा काम गर्न नसक्दा फ्रिज भएको हो ।”
एमसिपिएममा खोटाङ पाँचौ स्थानमा  
गत साल जिल्लाको न्यूनतम मापन (एमसिपिएम (मिनीम कनडीसन प्रफमेन्स मेजर) र पिएम (प्रफमेन्स मेजर) मा फेल भएको जिल्ला बिकास समिति यस आर्थिक वर्षमा ७५ जिल्लामध्ये ५ औं स्थानमा पर्न सफल भएको छ । जिल्लाबाट बिकासका काममा रकम खर्च नगरि मोटो रकम फ्रिज गराउँने जिविसको लामो समयदेखिको प्रथा रोक्न स्थानीय बिकास अधिकारी पाण्डे र ईन्जीनियर प्रमुख श्रेष्ठ जिल्लामा आएदेखिनै लागेका थिए । एक महिना योजना सम्झौता अभियान चलाएर उपभोक्तालाई काम गर्न पर्याप्त समय दिईएको थियो ।  पर्याप्त समय भएकै कारण समयमै काम सम्पन्न भएपछि फरफराक भएको थियो । योजना सम्झैता भएपछि बिकास निर्माणको कामको अवस्था बुझन पाण्डे र श्रेष्ठ गाँउ–गाँउ पुगेका थिए । स्थानिय बिकास अधिकारी पाण्डे भन्छन्, ‘जिविसमा आएको सवै बजेटले समयमै बिकासका काम भएको छ । काम गर्ने समयनै नराखि पठाएको बजेट समयमा अभावमा खर्च गर्न नसक्दा फिर्ता पठाएका हौं ।’ त्यसोत जिविसले दवावको भरमा रकम माग गर्ने प्रवतिलाई पनि निरुसाहित बनाएको छ । राजनीतिक दवावको भरमा योजना माग गर्ने र गाँउमा लगेर काम नगर्ने प्रबृतिलाई निरुसाहित बनाएको हो । यस्तै, जिविसले आर्थिक प्रशासन साखाबाट पेश्की रकम बढ्न नदिन टुल्सको प्रयोग, सवै निकायमा सिसि क्यामेरा जडान, बिकासको अवस्था बुभ्न एसएमेस सेवा, उपभोक्ताका गुनाना सुन्न निशुल्क भ्वाईसकल सेवा र बिकासका कामलाई अपडेट राख्न चौविस घण्टा डिजिटल नोटिस बोर्डको व्यवस्था गरेको थियो । 
समयमा योजना सम्झैता, फरफराक र अनुगमन नगरिदा बिगत वर्षहरुमा बिकास निर्माणका कामहरु अधुरो रहनुका साथै मोटो रकम फ्रिज हुँदै आएको थियो ।