खोटाङ, साउन ५ । खोटाङका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले राष्ट्रपति कपमा सितोरियो करातेतर्फका स्वर्ण पदक बिजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । गत जेठ–१९ गतेदेखि २१ गतेसम्म राजधानी काठ्माण्डौंमा सञ्चालन गरिएको राष्ट्रव्यापी कपमा सितोरियो करातेतर्फ स्वर्ण पदक जितेका खेलाडी बिद्यकला राई र नञ्जु राईलाई प्रमुख जिल्ला अधिकारी कार्कीले बुधबार जनही दुई हजार सहित अबिर र खादा ओढाएर सम्मान गरेका हुन् ।
सितोरियो खेलको माध्यमबाट जिल्लाको प्रतिष्ठा उँचो राख्नमा योगदान पु¥याएकामा प्रजिअ कार्कीले हौसला र प्रोत्साहन स्वरुप स्वर्णदकधारी खेलाडीलाई आफ्नै कार्यकक्षमा सम्मान गरेका हुन् । दिक्तेल डोजोमा आवद्ध बिद्याकलाले ५० केजी र नञ्जुले ४० केजी समुहमा स्वर्ण पदक जितेकी थिईन् । सम्मानित बिद्याकलाले राष्ट्रपति कपमा गत वर्षपनि स्वर्ण पदक जितेकी थिइन् ।
सिडियो चन्द्रबहादुर कार्कीकासाथमा सम्मानित खेलाडी बिद्याकला राई (दायाँ) र नञ्जु राई (बायाँ) । |
यस्तै, जेठ तेश्रो साता खोटाङमा ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’का आयोजक खेलाडीलाई पनि प्रमुख जिल्ला अधिकारी कार्कीले सम्मान गरेका छन् । जेठ–२० गतेदेखि २२ गतेसम्म दिक्तेलमा सञ्चालन गरिएको प्रतियोगीताले खेल संस्कृतिको विकास एबं जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनमा योगदान पु¥याएको भन्दै कार्कीले आयोजक नेपाल सितोरियो संघ खोटाङका खेलाडीलाई सम्मान गरेको हो । भौगोलिक, आर्थिक लगायतका हिसावले चूनौतीपूर्ण भएपनि खेलकुदको प्रबद्र्धनकालागि सितोरियो प्रतियोगीता गर्न हिम्मत गरेकामा आयोजक खेलाडीलाई सम्मान गरेको प्रजिअ कार्कीले बताए । सम्मानको अवशरमा प्रजिअ कार्कीले हौसलास्वरुप सितोरियो संघलाई १० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । कार्कीले सितोरियोका प्रमुख प्रशिक्षक बिचारी तामाङ, संघका अध्यक्ष सञ्जयकुमार राई, उपाध्यक्ष मिलन कसजू लगायतका खेलाडीको टोलीलाई खादा र अबिरले सम्मान गरेका छन् ।
संघले अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्नकालागि २१ लाख १० हजार ३२६ रुपैयाँ आर्थिक तथा २ लाख ४८ हजार ६ सय बराबरको भौतिक गरी २३ लाख ५८ हजार ९२६ रुपैयाँ रकम प्राप्त भएकोमा २६ लाख ४९ हजार ८०० रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सुनुवाई गरी संघले प्रतियोगीताका दौरान आयभन्दा २ लाख ९० हजार ८७४ रुपैयाँ बढि खर्च भएको सार्वजनिक गरेको छ । प्रतियोगीतालाई सफल बनाउन व्यक्तीगत तथा संस्थागत गरी ४४ दाताबाट २१ लाख १० हजार ३२६ रुपैयाँ आर्थिक सहयोग र २ लाख ४८ हजार ६०० बराबरको भौतिक सहयोग प्राप्त भएको संघका अध्यक्ष राईले जानकारी दिए ।