खोटाङ, ५ भदौ । खोटाङका साहित्यकार जसराज किराती सहित लेखक तथा पत्रकार सम्मानित भएका छन् । खोटाङ खबर साप्ताहिकको छैठौं बार्षिकोत्सवको अवसरमा आईतबार कबि किराती सहित लेखक दिपनारायण रिजाल, पत्रकार सुर्य तामाङ र केदार मगर सम्मानित भएका हुन् ।
मोफसलमा बसेर नेपाली साहित्यको बिकासमा निरन्तर पु¥याएको योगदानको कदर स्वरुप साहित्यकार किरातीलाई खोटाङ खबर साप्ताहिकले नगद तीन हजार र सम्मानपत्रकासाथमा दोसल्ला ओढाएर सम्मान गरेको हो । यस्तै, पत्रिकामा निरन्तर सबैभन्दा बढि लेख तथा बिचार उपलव्ध गराएकामा लेखक रिजाललाई सम्मान गरिएको पत्रिकाका प्रकाशक/सम्पादक दिलीप खत्रीले बताए । जिल्लामा स्थानीय सञ्चारको बिकास र प्रबद्र्धनमा निरन्तर योगदान पु¥याएकामा पत्रकार तामाङलाई र व्यवसायीक, स्वतन्त्र र निष्पक्ष पत्रकारितामा क्रियासिलताका लागि पत्रकार मगरलाई सम्मान गरिएको हो । लेखक रिजाल, पत्रकारद्धय तामाङ र मगरलाई जनही दुई हजार र सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित सबैलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नगद र सम्मानपत्र प्रदान गरे ।
२००२ सालमा बुईपा–६ मा जन्मिएका कबि किरातीका २०३६ सालमा उज्यालो खोज्ने आँखाहरु, २०५२ सालमा जसराज किरातीका कबिता र २०६० सालमा जसराज किरातीका प्रतिनिधि कबिताहरु प्रकाशित छन् । किराती २०२२ सालदेखि गाउँमै बसेर साहित्य साधनामा क्रियासिल छन् । सम्मानितमध्ये रिजाल सामाजिक अभियान्ता हुन् भने तामाङ रुपाकोट रेडियोको स्टेशन मेनेजर तथा मगर रासस र नयाँपत्रिका दैनिकमा आवद्ध छन् । २०६८ साल भदौ–५ गतेदेखि प्रकाशन सुरु भएको पत्रिकाले उत्कृष्ट ग्राहक एबं बिज्ञापनदाता सनमान खड्का, गीता शंकर, उपीनकुमार राई, प्रकाशकुमार श्रेष्ठ, हरिकुमार जोशी, गुणराज शैंजू, त्रिभुवन उच्च माबि ऐसेलुखर्क र सिद्धेश्वरी माबि खिदिमालाई सम्मानपत्रले सम्मान गरेको छ ।
*यसअघि यसै समाचारमा भूलबस् अर्को फोटो पोष्ट हुन गएकोमा क्षमाप्रार्थी छौं । सम्पादक