खोटाङ २ असोज
खोटाङका सामुदायीक विद्यालयले एलएलसीको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र लिने बिद्यार्थीबाट मनपरी शुल्क असुलेको भन्दै समाजपादी विद्यार्थी फोरमले विरोध जनाएको छ । 
कतिपय विद्यालयले एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र दिनेक्रममा प्रतिविद्यार्थी ५ हजारसम्म शुल्क अशुलेको भन्दै संघीय समाजबादी फोरम नेपाल निकट विद्यार्थीले बिरोध जनाएको हो ।
 शैक्षिक प्रमाणपत्र लिनेक्रममा बिद्यालयले लिँदैआएको चर्को शुल्क नियन्त्रण गर्न माग गर्दै विद्यार्थी फोरमले आईतबार जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ । शैक्षिक प्रमाणपत्रको शुल्क बढी हुँदा निम्न आर्थिस्तर भएका विद्यार्थी मारमा परेकाले नियन्त्रणको माग गरिएको समाजबादी विद्यार्थी फोरम खोटाङका अध्यक्ष रबिन खम्बूले बताए । विद्यार्थी संगठनले एसएलसिको सर्टिफिकेटको शुल्कमा एकरुपता कायम गर्दै सहुलियतपूर्ण शुल्क निर्धारणको माग गरेको छ ।
 विद्यार्थी संगठनले यसअघि मनोमानीढंगले लिइएको शुल्क फिर्ता गराउन ज्ञापनपत्रमार्फत जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।