
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २५ हजार ५५१ पुगेको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ २४० घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।