
खाेटाङ । नेकपा एमालेकाे ११ औं महाधिवेशनकाे लागि प्रतिनिधि चयनका विषयमा खाेटाङ एमालेभित्र विवादले उच्च रूप लिएकाे छ ।
जिल्लाका नेताहरू प्रतिनिधि टुङ्गाे लगाउन शनिबारदेखि नै छलफलमा जुटेपनि अहिलेसम्म कुनै निकास भने निस्कन सकेकाे छैन ।
प्रतिनिधि चयनकाे विषय पेचिलाे बन्दै जाँदा जिल्ला अध्यक्ष देव विक्रम राईले कठाेेर निर्णय गर्नेमा पुगेकाे उल्लेख गरेका छन् । ‘गम्भीर र कठाेर निर्णयबारे साेच्दैछु ।’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

रत्न आचार्यले विशाल भट्टराईले एमाले खोटाङलाई बन्धक बनाएकाे उल्लेख गरेका छन् ।’देशभर निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चुनिदा खोटाङमा किन हुन सकेन? कि तिम्रो लिस्ट अनुसार सबैले सहमती गर्नु पर्ने हो ? खोटाङ माझ किराँत हो देबबिक्रम र सुरेन्द्र राईलाई घुमाउन कोसिस नगर है भट्टराई जी ।’ उनले फेसबुकमा लेखेका छन् ।
खाेटाङबाट ११ औं महाधिवेशनमा १० जना प्रतिनिधि चयन हुनेछन् । अन्य कतिपय जिल्लामा निर्वाचनमार्फत पनि प्रतिनिधि चयन गरिएकाे छ । खाेटाङमा भने सहमतिकाे नाममा दुई दिनदेखि निर्वाचन प्रक्रिया नै राेकिएकाे छ भने सहमति पनि जुट्न सकेकाे छैन ।
