नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३५८ जना व्यक्ति सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ९६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here