खोटाङ । विभिन्न बाहिरी मुलुकबाट आएका १६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा संक्रमण नभएको पाइएको छ ।

विदेशबाट फर्किएका खोटाङको ऐसेलुखर्क गाउँपालिकाका १६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

विभिन्न देशबाट घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएकोमा पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर काठमाडौं पठाइएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताएका छन् ।

कोरोनाबाट संक्रमित ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिला उपचार पछि घर फर्किसकेकी छन् । विदेशबाट घर फर्कनेक्रममा दिक्तेलमा क्वारेन्टीनमा राखिएको अवस्थामा उनलाई संक्रमण भएको पूष्टी भएको थियो ।