
खोटाङ । खोटाङमा बादर धपाउने उपकरण पुर्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसानलाई बाँदर धपाउने उपकरण प्रदान गरिएको हो ।
बाँदरले अन्नबाली सखाप पारेर हैरान बनाइरहेका बेला स्थानीय सोल्मा कृषि सहकारीले युपिभिसी पाइपबाट निर्माण गरिएको बाँदर धपाउने उपकरण खरिद गरेर प्रदान गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार पाँच सयका दरले १० वटा उपकरण खरिद गरेर ल्याएर किसानलाई निशुल्क वितरण गरिएको सहकारीका सचिव गंगा बिश्वकर्माले बताएका छन् । हर्कपुरको फेदीमा दुई उपकरणलाई प्रयोगमा ल्याइए पश्चात किसानलाई वितरण गरिएको जनाइएको छ ।