असार-२४ खोटाङ, खोटाङ्स्थित दिक्तेलबजारमा मास्क नलगाइ हिँड्ने ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिई  कारबाही गरेको ।

लकडाउनको पालना गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ४१ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले जनाउनुभयो ।

मंगलबार र बुधबार उनीहरुलाई पक्राउ गरि आवश्यक कारवाही गरिएको चिमोरियाको भनाई छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ । 

नियन्त्रणमा लिइएक सर्बसाधरणलाई सचेत गराइ  छाडिएको प्रहरीले जानकारी दिएका छन ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here