काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६७१ पुगेका थपिएका हुन् । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् । आज काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

यता, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष कैलालीकै नजजीवन अस्पतालमा भर्ना भएका थिए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

उनको असार ३ गते बेलुकी निधन भएको हो। यस्तै, लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागे पनि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो। उनको असार २ गते नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।