सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३२ गतेसम्म लकडाउन थपेको हो । पछिल्लो पटक थप गरिएको लकडाउन अवधी २० जेठसम्म थियो । अब १२ दिन थपिने भएको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकले असार १६ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here