
काठमाडौं । सरकारले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकारले कोरोना रोकथामका लागि गत ११ चैत २०७६ देखि लकडाउन गर्दै आएको छ । कोरोनाका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ भने २९५ जनामा संक्रमण फैलिसकेको छ ।