
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको र स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या २ पुगेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।
यसअघि बिहीबार सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको कोरोनाका कारण निधन भएको थियो । सरकारले हिजो उनको निधन कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको थियो भने हिजै पशुपतिमा ल्याएर अन्त्येष्टि गरिएको थियो ।