कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण देखिएको बताएका छन् ।

नयाँ सङ्क्रमितमा पर्साका चार जना, उदयपुरका एक जना, दाङका तीन जना र काठमाडौँका एक जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये तीन जना बालक, दुई महिला र चार पुरुष रहेका छन् ।

उनका अनुसार पर्सा वीरगञ्ज महानगरपालिकाका नौ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा गाउँपालिका वडा नंं ४ र ५ का २३ र ३६ वर्षीय पुरुष तथा तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी नयाँ देखिएका सङ्क्रमिमध्ये काठमाडौँ सतुगङ्लका सात वर्षीय बालकसमेत रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । यसअघि आज नै आठ जना बाँके र एक जना मकवानपुर गरी नौ जनामा देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यी समाचार पढ्न छुटाउनु भयो की

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

बाँके र मकवानपुरमा शुक्रबार बिहान ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित २५८ पुगे

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)