खोटाङ, १ मंसिर । स्थानीय तह पुःर्नसंरचनाको खाकाका बिषयमा असन्तुष्टी जनाउँदै खोटाङका ६ गाविसमा आव्हान गरिएको अनिश्चितकालिन बन्दको बिरोध भएको छ ।
गाबिसमा आव्हान गरिएको बन्दले स्वास्थ्य र शिक्षा क्षेत्र नराम्ररी प्रभाबित भएको भन्दै नेकपा एमाले लामीडाँडा गाउँ कमिटिले बिरोध जनाएको हो । एमाले गाउँ कमिटिका अध्यक्ष बाबुराम जोशीले बुधबार बिज्ञाप्ती जारी गर्दै कुनै पनि मुद्धालाई लिएर स्वास्थ्य, शिक्षाजस्तो संबेदनशिल क्षेत्र बन्द गर्नु उचित नभएको बन्तकर्तालाई आग्रह गरेका छन् । ६ वटै गाबिसका दल, बुद्धिजिबी र स्थानीयको सल्लाहमा बन्द आह्वान गरिएको बताइए पनि एमाले लामीडाँडाले बन्दको दोश्रो दिन बिरोध जनाएको हो ।
आफुले प्रस्ताव गरेको खाकालाई बेवास्ता गर्दै स्थानीय तहको खाका पठाइएको बिरोधमा संघर्ष समितिले मंगलबारदेखि लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसमा अनिश्चितकालिन बन्द आव्हान गरेको छ ।