खोटाङ ३ मंसिर
खोटाङको पूर्वी उत्तरी भेगमा रहेको भोजपुरसँगको सिमानामा अवस्थित मलुवा पोखरी चर्चाको छाया मुनि रहेको सौन्दर्यले हराभरापूर्ण एक ठाउँ हो । चर्चा र प्रचारका दृष्टिकोणले ओझेल परेको यो पोखरी धार्मिक इतिहास र सौन्दर्यका रुपले सो क्षेत्रमा चर्चित छ ।
निक्कै चर्चित धार्मिकस्थल साल्पा पोखरी अहिले धार्मिक रुपमा एउटा विश्वासको प्रतिक मानिन्छ, तर साल्पामा देवताको बास हुनु भन्दा पहिले साल्पाका देवता नै यहीँ मलुवा पोखरीमा एक रात बास बसेको विश्वास गरिन्छ । मलुवा पोखरीमै अहिलेका साल्पाका देवता बस्ने तरखर गरेपनि त्यहाँ बस्न नसकेपछि साल्पा गएर बसेको विश्वास ती क्षेत्रका बासिन्दाको छ ।
धार्मिक इतिहास जे भएपनि वर्षामा पूरै पोखरी भरिने र हिउँदमा सुक्ने भएपनि डाँडाकाँडा र त्यहाँबाट थुप्रै हिमालयहरु सहजै नाङ्गो आँखाले देखिने भएकाले पर्यटकियको रुपमा पनि यो क्षेत्र निक्कै प्रचुर सम्भावना बोकेको क्षेत्र भने हो ।
अझ, ट्याम्के पहाड र मेरुङ मयुरको बिच भागमा पर्ने यो ठाउँ भविष्यमा ट्याम्केदेखि मेरुङसम्मको क्षेत्र पर्यटकिय रुपमा प्रचार प्रसार गरेर प्रवर्धन र संरक्षण गर्न सकिएमा प्रचुर सम्भावना बोकेको ठाउँ मान्न सकिन्छ ।
यहाँ भने हेर्नुहोस् मलुवा पोखरी परिसर तस्बीरमा