फाइलः तस्बीर

काठमाडौं २४ वैशाख । नेपाल थप १७ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ । आज थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज संक्रमण पुष्टि भएकाहरु वीरगञ्जका भएको बताएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
भिडियाे हेर्नुहाेस् :