काठमाडौं २३ वैशाख । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको छ । नेपालगञ्जमा पुनः आज ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित ८२ पुगेका हुन् ।

बाँकेको नेपालगञ्जमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । दुई दिनअघि मात्र एकैदिन नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । दुई दिनअघि सुरुमा ९ जनामा कोरोना पुष्टि भएकोमा पुनः ६ जनामा कोरोना देखिँदै १५ जनामा कोरोना पुष्टि भएकोमा पुनः आज ७ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य मन्त्रालयले जनाएको छ । सरकारले नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा समेत गरिसकेको छ ।