काठमाडौं १३ वैशाख । नेपालमा पुनः दुई जनामा कोरोनाको संक्रमण देखिएकोछ । पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १२ जना निको भएर घर फर्किएक छन् ।
यता, पछिल्लो पटक संक्रमित देखिएका दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो ।