काठमाडौं १३ वैशाख । गत ११ चैतदेखि जारी लकगाउन अझै थपिने निश्चित भएकोछ । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव दिएको छ । अब भोलि बस्ने मन्त्रीपरिषद बैठकले यसबारे निर्णय गर्नेछ । बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको बताइएको छ । त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।
सरकारले एक महिना बढी लकडाउन गरिसकेको छ । यो बिचमा कोरोना संक्रमितको संख्या भने थपिने क्रम बढ्दो छ । अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।