खोटाङ, ६ मंसिर । खोटाङको नेर्पा–८ रामपुरस्थित जनता निमाबिका एक शिक्षक मादक पदार्थ सेवन गरेर विद्यालयमा पुगेको पाइएको छ ।
जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको नेतृत्वमा सोमबार गरिएको छड्के अनुगमनकाक्रममा शिक्षक लक्ष्मीप्रसाद राई मादक पदार्थ सेवन गरेर बिद्यालयमा पुगेको पाइएको हो । मादक पदार्थ सेवन गरेर बिद्यालयमा फेला परेका शिक्षक राईले आगामी दिनमा गल्ती नदोहो¥याउने शर्तमा तत्काल जिशिअ समक्ष राजीनामा पेश गरेका छन् ।
शर्त विपरित आगामी दिनमा मादक पदार्थ सेवन गरेर बिद्यालयमा आएको पाइएमा राजीनामा स्वीकृत गर्नेगरी राजीनामा लिइएको जिशिअ नेपालले बताए । ‘छड्के जाँचमा पुग्दा उहाँले मादक पदार्थ सेवन गरेर आएको पाइयो,’ जिशिअ नेपालले भने, ‘राजीनामा दिनुहुन्छ की प्रहरी बोलाएर मेडिकल गरेर कारबाही अघि बढाऔँ भनेपछि उहाँले राजीनामा दिनु भएको छ, उहाँले पुःन गल्ती दोहो¥याउनु भयो भने राजीनामा स्वीकृत हुन्छ ।’
यसअघि गत कार्तिक ३० गते दिक्तेलकै सरस्वती आधारभूत प्राबि पोखरीका शिक्षक मिनबहादुर खत्री पक्राउ मादक पदार्थ सेवन गरेर बिद्यालयमा आएको अवस्थामा पक्राउ परेका थिए । शिक्षक खत्रीले पनि आगामी दिनमा गल्ती नदोहो¥याउने शर्तमा राजीनामा दिएको शिक्षाले जनाएको छ । छड्ने अनुगमनकाक्रममा सदरमुकाम दिक्तेलकै हिमालय आधारभुत विद्यालय सोल्माका ११ जना स्टाफमध्ये ५ शिक्षक र एक कार्यालय सहयोगी अनुपस्थित रहेको पाइएको छ । शिक्षाको अनुगमन टोली बिहान साँढे १० बजे बिद्यालयमा पुग्दा कुनै पनि शिक्षक उपस्थित नभएको पाइएको छ । दिक्तेलकै सोल्मामा रहेको जनजागृति प्राबिमा भने पठनपाठन सन्तोषजनक र अनुकरणीय पाइएको जिशिअ नेपालले बताए ।
केही हप्ता यता छड्के अनुगमनलाई तिब्रता दिएको शिक्षाले अनुगमनकाक्रममा कार्यक्षेत्रमा लामो समयसम्म नपुगेको पाइएको भन्दै दुई श्रोतव्यक्तीलाई स्पष्टीकरण सोधेको छ । श्रोतव्याक्ती झनक थापा र पञ्चकुमार राईलाई स्पष्टीकरण सोधिएको हो । अनुगमनकाक्रममा निरिक्षण पुस्तिकामा श्रोतव्यक्ती थापा २०७१ साल जेठ ८ गते यता हिमालय आधारभुत विद्यालय नपुगेको पाइएको जिशिअ नेपालले बताए । नेपालका अनुशार श्रोतव्यक्ती राई पनि लामो समयसम्म जनता निमाबिमा निरिक्षणकालागि पुगेका छैनन् । श्रोतव्यक्तीबाट चित्तबुझ्दो जवाफ नआए बिभागीय कारबाही अघि बढाइने शिक्षाले जनाएको छ । ‘उहाँहरु लामो समयसम्म कार्यक्षेत्रका बिद्यालयमा नपुगेको पाइएकाले स्पष्टीकरण सोधिएको छ,’ जिशिअ नेपालले भने, ‘चित्तबुझ्दो जवाफ नआए बिभागीय कारबाही अघि बढाइन्छ ।’