खोटाङ, ११ मंसीर । विभिन्न कामको शिलशिलामाकुवेत पुगेका खोटाङेहरुले खोटाङ कुवेत सम्पर्क मन्च गठन गरेका छन् ।
जिल्लाबाट विभिन्न काममा कुवेत पुगेका खोटाङेहरुले जिल्लाका विभिन्न गतिविधीहरुलाई सहयोग गर्ने उद्देश्यले खोटाङ कुवेत सम्पर्क मन्च गठन गरेका हुन् । खोटाङेहरुले टेम्मा गाविसका मन्जित राईलाई मन्चको अध्यक्षमा चयन गरेका छन् । उपाध्यक्षमा सुन्तलेका केदार आले मगर, महासचिवमा छितापोखरीका जितबहादुर खड्का, सचीव दुर्छीमका दिनेश कुमार राई, सहसचिव याम्खाका सबिन राउत, कोषाध्यक्ष हलेसी महादेवस्थानका खड्ग कट्वाल र सह¬–कोषाध्यक्षमा खार्मीकालाल ब. गुरुङ चयन भएका छन् ।
यस्तै, समाजको प्रमुख सल्लाकारमा छितापोखरी गाविसकाचन्द्र तामाङ, मात्तिमकारेवति भट्टराई चयन भएका छन् । समितिको सदस्यहरुमा प्रेम कटुवाल (दिक्तेल), नैनाकला राई, (दिक्तेल), चयनभएका छन् । यस्तै, बरिष्ठ सदस्यहरुमा युबराज राई, (छितापोखरी), बिष्णु भट्टराई (मात्तिम), दिनेश कु. श्रेष्ठ (दिक्तेल), निर कु.राई(सोल्मा), प्रदिप राई ( टेम्मा¬),पन्चु राई ( टेम्मा), प्रकाश चाम्लिङ( टेम्मा), मोहन राई (राखावाङ्देल) देवान खड्का ( खिदिमा) यदु राई ( वाक्सिला) धर्म भट्टराई ( मात्तिम), स्याम गुरुङ ( नेर्पा), सुबिन दुमि राई (सप्तेश्वर), रमेश राई ( बाकाचोल),पुक सोतारा दाहाल जोबिन्दपोखरेल (सिमपानी),युबक राइ याम्खाका र हौंचुर गाविसका प्रकाश कार्की वरिष्ठ सदस्यहरुमा चयन भएको त्यहाँबाट मन्जीत राईले जानकारी दिनुभयो । समाजले यस अघि पनि जिल्लाका बिभिन्न गतिबिधिहरुमा आर्थिक सहयोग गर्दै आएको उनको भनाई छ । समाजले जिल्लाकाआगोलागि पीडित, सिकिस्त बिरामी,क्यान्सर पीडित, प्रवासी जेलमा परेका वेला सहयोग, अकालमा ज्यान गुमाएकाहरुका आफन्तलाई सहयोग, आर्थिक चपेडाको पीडामा परेका बिभिन्न बिद्दयालतथा संघस्थाहरुसंगै सवारी दुर्घटनामा ज्यान गुमाएका जिल्लावासीहरुलाई बिभिन्न समयमाआर्थिक सहयोग गरेको राईको भनाई छ । आगामी दिनमा जिल्लाको हितका लागि कामगर्ने र बिभिन्न बिकास निर्माणका क्षेत्रमा सहयोग गर्दै जाने मन्चले जनाएको छ ।