नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित थपिए

274

काठमाडौं ५ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ३० पुगेको छ । आज एकै दिन १४ जना नयाँ संक्रमित थपिएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जम्मा संक्रमितको संख्या ३० पुगेको पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । जस मध्ये उदयपुर जिल्लाका १२ वटा र चितवनमा २ जनामा कोरोना पुष्टि भएको छ ।
उदयपुरका १२ जना नै पुरुष रहेका छन् भने उनीहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका रहेका छन् । त्यस्तै चितवनका दुई पुरुष २७ र ६३ वर्षका रहेका छन् । संक्रमित ३० मध्ये १ जना भने निको भएर घर फर्किसकेका छन् ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here