वैशाख १५ सम्म लम्बियो लकडाउन

279

काठमाडाैं २ वैशाख । सरकारले पुन १२ दिनका लागि लकडाउन थप गरेको छ । मन्त्रीपरिषद बैठकले अब लकडाउन बैशाख १५ सम्म गर्ने निर्णय गरेको हो ।
चैत ११ बाट सरकारले एक हप्ताका लागि लकडाउन गरेको थियो । पुनः २५ चैतसम्म लम्ब्याइएको लकडाउन पुनः थप गर्दै ३ वैशाखसम्म पुर्याइएको थियो । आज बसेको मन्त्री परिषद बैठकले लकडाउन थप गर्दै १५ वैशाखसम्म पुर्याउने निर्णय गरेको हो । पछिल्लो पटक थपिएको लकडाउन भोलि वैशाख ३ गते सकिदै थियो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here