खोटाङ, मंसिर १८ । नेकपा माओबादी केन्द्रनिकट अनेरास्वबियु क्रान्तीकारी (अखिल क्रान्तिकारी) खोटाङको अध्यक्षमा उदिम राई चयन भएका छन् । शनिबार नुनथलामा सम्पन्न १६ औं जिल्ला सम्मेलनबाट राईको अध्यक्षतामा ४५ सदस्यीय अखिल क्रान्तीकारीको नयाँ जिल्ला कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा घनश्याम कार्की र देबराज बास्तोला, सचिवमा दिपक राई, सहसचिवमा कृष्णकुमारी तामाङ, सागर मग्राती र कोषाध्यक्षमा माया चामलीङ चयन भएका छन् । सम्मेलनपछि दिक्तेल आइपुगेको अखिल क्रान्तीकारीको टोलीले शनिबार साँझ सदरमुकाम दिक्तेलमा नाराजुलुस निकालेको छ ।
यसैबिच, अखिल क्रान्तिकारी खोटाङले खस्कँदो शैक्षिक स्तर उकास्नकालागि तीन महिने अभियान चलाउने भएको छ । खस्कँदो शैक्षिक स्तर उकास्नका लागि अखिल क्रान्तीकारीले आर्थिक अनियमितता, शैक्षिक अनियमितता, शिक्षकको लापरबाही लगायतका बिषयमा सरोकारवालापक्षसँग अन्तरक्रीया गर्दै समाधानका लागि पहल गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।
नव निर्वाचित नेतृत्वले आईतबार साँझ माओबादी केन्द्रको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रस्ताबित दुई नगरपालिका र आठ गाउँपालिकामा एक/एक वटा प्राबिधिक बिद्यालय स्थापना गर्न कार्यायोजना बनाउने, सामुदायीक बिद्यालयमा पढाउने शिक्षकका बालबच्चालाई अनिवार्य सरकारी बिद्यालयमै पढाउने वाताबरण बनाउन दवाव दिने, सबै पुर्वप्राथमिक तहबाटै अंग्रेजी भाषाबाट पठनपाठनको व्यवस्थाकालागि संघर्ष गर्ने जानकारी दिएको छ ।
यस्तै, माओबादी लगायतका दलका नेता तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी बिद्यालयमा अध्ययन गर्ने व्यवस्थाकालागि नियमावली ल्याउन संघर्ष गर्ने, शिक्षा ऐन विपरित कार्य गर्नेलाई कानूनी दायरामा ल्याउने लगायतका ८ बुँदे योजना तयार पारिएको अखिल क्रान्तीकारीका नवनिर्वाचित अध्यक्ष उदिम चामलीङले जानकारी दिए ।